निर्वाचन आयोगले कुलमानसँग माग्याे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग स्पष्टीकरण मागेको छ ।

घिसिङकाे तस्वीर राखेर नेकपा (माओवादी केन्द्र)ले प्रचार सामग्री बनाएपछि निर्वाचन आयाेगले स्पष्टीकरण मागेकाे हाे । आयोगले घिसिङसँग माओवादीको प्रचार सामग्रीमा फोटो सहमतिमा राखिएको हो वा होइन भनी सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले घिसिङलाई स्पष्टीकरण दिन भनेको हो ।

‘तपाईंको समेत फोटो राखी नेकपा (माओवादी केन्द्र)को चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईंको सहमति हो होइन रुउक्त पोस्टरमा तपाईंको फोटो राखिएको विषयमा तपाईंको सहमति रहेको होइन भने सो विषयमा तपाईंले हालसम्म सार्वजनिक रूपमा किन आपत्ति जनाउनुभएको छैन वा उजुर गर्नुभएको छैन ?’, आयोगले घिसिङलाई सोधेको छ ।

बुधबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहितको चुनावी पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा लेखिएको ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो ।

घिसिङलाई सात दिनभित्र आयोगलाई चित्तबुझ्दो जवाफ दिन भनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *