थप ४ जनामा काेराेना संक्रमण, ४४ संक्रमणमुक्त

काठमाडाैँ । नेपालमा बिहीबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ६२ पिसिआर परिक्षणका क्रममा ३ जना र १ हजार ८० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ४ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ४ सय ७९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =