विवेकशील साझाले गठन गर्‍याे निर्वाचन परिचालन समिति

बनाइए उपसमितिहरू

काठमाडाैँ । विवेकशील साझा पार्टीले निर्वाचन परिचालन समिति गठन गरेकाे छ । बिहीबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले प्रवक्ता शरदराज पाठककाे संयाेजकत्वमा १५ सदस्यीय समिति गठन गरेकाे हाे ।

समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बाँस्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपकप्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्रबहादुर शाह, सूर्यदीप रेग्मी र उद्धवराज भेटुवाल सदस्यका रूपमा छन् ।

यस्तै नवगठित समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न उपसमितिहरू गठन गरेकाे छ । बैठकले नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ भने सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति गठन गरेकाे छ । यस्तै सूर्यदीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति, उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति, शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति र  हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति गठन गरेकाे छ ।

आशिष रेग्मीको संयोजकत्वमा कोष संकलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुखसमेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्नेछ । प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य विभागले जनाएकाे छ । स्थानीय निर्वाचनमा सातै प्रदेशका बढीभन्दा बढी स्थानीय तहमा उम्मेदवारी दिनेगरी पार्टीले तयारी थालेको छ ।

पार्टीका तर्फबाट उम्मेदवार भएकाहरूकाे सशक्त र नतिजामुखी प्रतिस्पर्धा सुनिश्चित गर्न समिति र उपसमितिहरूले काम गर्ने केन्द्रीय समितिका संयोजक पाठकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *