ओली अरू दलसँग गठबन्धन गर्न लागिपरेका छन् : महामन्त्री थापा (भिडिओ सहित)
२०७९ वैशाख १ गते

फाइल
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओली अन्य दलसँग गठबन्धन गर्न लागिपरेकाे बताएका छन्।
काठमाडौंमा आज बिहान आयोजित कार्यक्रममा थापाले भने, ‘एमाले जसलाई भेट्छ त्यसलाई आफूसँग जोडिरहेको छ। हिजो कमल थापालाई आफ्नो पार्टीसँग लगेर जोड्यो। परिवार दललाई लगेर जोडे। अरू कुन-कुन दललाई ल्याउन सकिन्छ भनेर ओली बिहानैदेखि यता चहारेको उता चहारेको हामी देख्न सक्छौँ ।’
एमालेले हिजाेमात्रै राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने निर्णय गरेकाे थियाे ।
२०७९ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








