‘सिभिल बैंक डिबेन्चर २०८८ ऋणपत्र’ नेप्सेमा सूचीकृत

काठमाडाैँ । सिभिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ ऋणपत्रको ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

उक्त डिबेन्चर लक्ष्मी क्यापिटल मार्केट मार्फत बिक्री खुल्ला गरिएको थियो । वितरण भएको ३० लाख कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेंजमा कारोबार गर्न सकिनेछ भने डिबेन्चरको आरटीएस सम्वन्धी सेवा सिभिल क्यापिटल मार्केट मार्फत गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *