सिभिल बैंकको ‘अद्वितीय नेपाल’ शीर्षकमा क्यालेण्डर सार्वजनिक

काठमाडौँ । सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरना महामारीको कारण करीव धराशयी भएको पर्यटन व्यवसायलाई उक्त क्यालेन्डरले टेवा दिने बैंकले बबताएको छ । महामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बञ्चित भएको र नयाँ भ्रमण गन्तव्यको खोजीमा रहेकाहरुका लागि उक्त क्यालेन्डरले नेपालमा नयाँ गन्तव्यहरुको पहिचान गर्न सहज हुने जनाएको छ ।

क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु फाेक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् । यस क्यालेण्डरका तस्वीरहरु ईमेजपसलडटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरु रहेको कम्पनीले जनाएको छ ।

नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित छ अनि यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुकाबारेमा जानकारी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *