विदेशी ऋण तिर्न नसक्ने श्रीलंकाकाे घाेषणा, माैज्दात रहेकाे डलर अत्यावश्यक वस्तु किन्न खर्चिने

एन्जेन्सी । श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेर हात उठाएको छ ।

केही समयसम्म विदेशी ऋण तिर्न नसक्ने त्यहाँको सरकारले घोषणा गरेको हो । श्रीलंककाले कुल ५१ अर्ब अमेरिकी डलर बिदेशी ऋण तिर्नुपर्ने छ । दिनप्रतिदिन विदेशी मुद्राको सञ्चिति कम भएर आर्थिक संकट बढ्दै गएपछि मंगलबार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)बाट बेलआउट प्याकेज पाउन नसकेको र अत्यावश्यक वस्तु किन्नकै लागि विदेशी मुद्राको अभाव भएकोले विदेशी तत्काल विदेशी ऋणका साँवा र ब्याजका किस्ताहरु भुक्तान गर्न नसक्ने त्यहाँको अर्थ सचिव महिन्दा सिरिवर्दले मंगलबार बताएका छन् ।

श्रीलकाकाको अर्थमन्त्रालयले मंगलबारपछि जुनसुकै विदेशी ऋणतादाले कि त ब्याज तथा साँवा भुक्तानीका लागि कुर्नुपर्ने वा श्रीलंकाली मुद्रामै भुक्तान लिन तयार हुनुपर्ने बताएको छ ।

त्यहाँका नवनियुक्त गभर्नर नन्दलाल वीरसिंघेले अत्यावश्यक सामान खरिदका लागि मात्र अहिले मौज्दात रहेको विदेशी मुद्रा खर्च गरिने छ ।

श्रीलंकाको कुल बाह्य ऋण(विदेशी ऋण) ५१ करोड डलर छ । अघिल्ला वर्ष देशको कुल ऋण ३५ अर्ब थियो । एक वर्षमा देशको ऋण १६ अर्ब डलरले बढेको हो ।

श्रीलंकालाई ज्यादा ऋण प्रवाह गर्नेमा चीन र जापान प्रमुख दातृ देशका रुपमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *