नेप्से ३४ अंकले घट्यो, परिसूचक २४ सय बिन्दुबाट ओर्लियो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा पुगेको छ । यस दिन कुल ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन १ सय ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन नेस्डो लघुवित्त, एनआइसी एसिया सेलेक्ट फन्ड, प्राइम डिबेन्चर, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर जस्ता कम्पनी तथा धितोपत्रको मूल्य बढेको छ । इमर्जिङ नेपाल, न्यादी, घलेम्दी होइड्रो, राष्ट्र उत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रो जस्ता कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन होटेल तथा पर्यटनबाहेकका अरु सबै समूहगत सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *