चालू खाता र शोधनान्तर स्थिति घाटामा

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिना(फागुनसम्म)मा चालु खाता रु.४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता यो वर्षको ८ महिनामा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
निश्चित समयावधिभित्र आवासीय र गैर(आवासीय व्यक्तिरसंस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्दछ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

त्यस्तै, चालू आर्थिक वर्षको ८ महिना(फागुनसम्म)मा शोधनान्तर स्थिति रु. २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालु वर्षको फागुनसम्ममा २ अर्ब १७ करोडले घाटामा रहेको छ ।

निश्चित समयावधिभित्र आवासीय र गैर(आवासीय व्यक्तिरसंस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *