प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ६० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले यस्तो उल्लेख गरेको हो । यो अवधिमा नेपालमा १६ अर्ब ३० करोड रुपैयाँ खुद वैदेशिक लगानी आएको उल्लेख गरेको हो । अघिल्लो वर्ष यही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १८ करोड रहेको थियो ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ११ अर्ब ९१ करोड रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *