राष्ट्रियसभा सदस्य बनेपछि दाहालले भने- ‘समृद्ध नेपाल’काे नारालाई व्यवहारिक रूपमा लागू गर्न पहल गर्नेछु (भिडिओसहित)
२०७८ चैत २९ गते

काठमाडाैँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले आफूले समृद्ध नेपालकाे नारालाई सार्थक रूपमा लागू गर्न लागिपर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभा सदस्यका रूपमा शपथ ग्रहण गरेपछ संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भनेका छन्, ‘यहाँकाे प्रणाली, पद्धति र प्रक्रियालाई पछ्याउँदै खासगरी समृद्ध नेपालकाे नारालाई लागू गर्न र गराउन म लागिपर्ने छु ।’
त्याेसँगै राष्ट्रिय अखण्डताबारे सार्थक वकालत गर्ने दाहालकाे भनाइ छ ।
समृद्ध नेपालको नारा लाई व्यवहारमा उतार्नेछु: नारायण प्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य pic.twitter.com/vNms8hlWWH
— Makalu Khabar (@makalukhabar) April 12, 2022
२०७८ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








