सुरेन्द्रनगरमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
२०७८ चैत २९ गते

झापा । झापाको मेचीनगर नगरपालिका-५ स्थित सुरेन्द्रनगरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नम्बर ५ सँग सहकार्य गरेर एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १९२ जनाको भिडियो एक्स-रे, १६७ जनाको रक्त परीक्षण र ७९ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २२ जनाको दाँत खोलिएको छ ।
नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौँ बिरामी लाभान्वित भएका छन् ।
२०७८ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








