अर्थमन्त्री भन्छन्– पृथ्वीबहादुरसँग नाता त परै जाओस् चिनजानसमेत छैन (भिडिओ)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिबाट ४० करोड रुपैयाँ नेपालमा ल्याउन खोजेका पृथ्वीबहादुर शाहलाई यसअघि आफूले नचिनेको बताएका छन् । अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले शाह आफ्नो चिनजानको वा नातेदार नभएको बताएका हुन् ।

‘पृथ्वीबहादुर शाहसँग यसअघि मेरो सामान्य चिनजान समेत थिएन, नाता पर्ने कुरा त परै जाओस्,’ उनले भने, ‘म समस्यामा परेँ भनेर रुँदै एक जना मान्छे मन्त्रालय आए । र, यो समस्या के हो बुझ्न मैले सम्बन्धीत ठाउँहरुमा भनेको हुँ । मन्त्रालयको ढोका सबैका लागि खुला हुन्छ । त्यही खुला ढोकाबाट आएर समस्या राखेपछि मैले उनको समस्या सुन्ने कतव्य हो ।’

शाहले अमेरिकाबाट ल्याउन आँटेको ४० करोड रुपैयाँ अवैध भएको आशंकका राष्ट्र बैंकले छानविन गरिरहेको छ । उक्त रकम फिर्ता गरिदिन अमेरिकाको सरकारी निकायले समेत राष्ट्र बैंकलाई पत्राचार गरिएकोमा अर्थमन्त्रीले भने पैसा फुकुवा गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि यसबारे अहिले प्रश्न उठिरिहेको छ ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *