नेप्से ४४ अंकले घट्यो, २४ सय बिन्दुबाट ओरालो लाग्ने संकेत

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से इन्डेक्स ४४.५६ अंकले घटेर २४१९.८० बिन्दुमा आइपुगेको छ । यस दिन ५० लाख ९५ हजार ८ सय ३४ कम्पनीका कुल २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय २८ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन कारोबारमा आएका मध्ये १ सय ७६ ओटा कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा १७ ओटा कम्पनीको सेयर मूल्य बढेको छ । र, २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन नेस्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, मिथिला लघुवित्तलगायत कम्पनीको मूल्य सबैभन्दा ढबी प्रतिशतले बढेको छ । तर, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेपाल टेलिकम, हिमालयन पावर पार्टनरलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन सबै समूहगत सूचक राताम्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *