अल्फा अटोमोटिभद्वारा गुफीको अभियानमा सघाउन ५ लाख सहयोग

काठमाडौँ । विश्वकै पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रलिले प्रमोद श्रेष्ठ गुफीको अभियानमा सघाउन ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बालविवाहविरुद्ध शिक्षा अिभयानलाई सघाउन श्रेष्ठले सगरमाथा आरोहण गर्न लागेकोले उनको अभियानमा सहघाउन उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

नेपालभर बिक्री अनुमति पाएको छ । कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य गरिरहेको छ ।

कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइले श्रेष्ठलाई सम्मानसहित चेक हस्तान्तरण गरेका हुन् ।

प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन् । साहसिक यात्रा गर्न उत्साहित श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र भारतको सफल यात्रा गरेका छन् ।

सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सिसिबाट पूर्व–पश्चिम राजमार्ग (मेची–महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् ।

विभिन्न सामाजिक कार्यमा सक्रिय श्रेष्ठले अप्रिल २०२२ मा गर्न लागेका हुन् । उनको सफल आरोहका लागि त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम गरी उनलाई रोयल इन्फिल्डको झण्डासमेत सगरमाथा शिरमा पुर्‍याउनका लागि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *