भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौँ । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोन सार्वजनिक गरेको छ । भि२३ फाइभजी, वाई३३एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको हो । यी नयाँ स्मार्टफोन प्रयोगकर्तालाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ ।
भि २३ फाइभजी एक नविनतम स्मार्टफोन हो जुन उल्लेखनीय पोट्रेट हरू र सेल्फीका लागि असाधारण फोटोग्राफी सुविधासहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ ।
भि२३ फाइभजी को ५० एमपी अटोफोकस पोट्रेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्ड कायम गरेको छ । यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य स्वरुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।
अत्याधिक अपेक्षा राख्ने उपभोक्ता, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरले भि२३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधा र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपको एक आदर्श संयोजन पाउने बताइएको छ ।
‘भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरु र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गर्दछौँ । भि२३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोट्रेट शटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ ।
सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ ।









