बिस्काः जात्राको दोस्राे दिन भैरव र भद्रकालीको रथमा पूजाआजा

काठमाडाैँ । भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्काः जात्राको दोस्राे दिन सोमबार भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ ।

स्थानीय भक्तजनहरूले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।

यसअघि बिस्काः जात्राको रथ तान्ने क्रममा गएरात्री भएको ढुङ्गा हानाहानमा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

याे पनिः बिस्काः जात्रामा ढुंगामुढा, २० जना घाइते

जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ-आफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ ।

यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।

यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =