दराजको नयाँ वर्ष अफर : निःशुल्क सिपिङदेखि स्कुटर जित्ने मौकासम्म

काठमाडौँ । दराज अनलाइन बजारले नयाँ वर्ष २०७९ का लागि नयाँ ग्राहक योजना ल्याएको छ । कम्पनीले ‘नयाँ रहर, नयाँ अफर’ सुरु भएको घोषणा गरेको हो । यो अभियान आधिकारिक रूपमा २७ चैतदेखि लागु गरिएको दराजले जनाएको छ । अभियान विगतका वर्षभन्दा फरक हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक शपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।

एस अभियानको मुख्य हाइलाइट भने ६० प्रतिशतसम्म मेगा डिल ५ हजार रुपैयाँसम्मको विशेष छुट भाउचरहरू, अनलाइन प्रिपेमेन्टमा (बैंक कार्ड, ईसेवा र आईएमई पे वालेट) रु. १५ सयसम्मको छुट, खेल १ रुपैयाँ मार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सिपिङ, र बम्पर उपहारको रूपमा यादेअ एस लाइक स्कुटर जित्ने मौका रहेको जनाएको छ ।

ग्राहकले सीमित डेबिट र क्रेडिट कार्डबाट प्री–पेमेन्ट गर्दा रु १ हजारदेखि रु १५ सयसम्मको छुट् पाउन सक्नेछन् । सानिमा बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, र सेन्चुरी बैंकका कार्डबाहकले डेबिट कार्ड मार्फत प्री–पे गरे १० प्रतिशत अधिकतम रु. १ हजार र क्रेडिट कार्ड मार्फत प्री–पे गरे १५ सय अधिकतम रु. १५ सयसम्मको छुटको मज्जा लिन पाउने छन् ।

सांग्रिला बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ बैंकका डेबिट कार्ड धारकले प्री–पेमेन्टमा १० प्रतिशत (अधिकतम रु. १ हजार) छुट पाउने छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकका कार्ड धारकले डेबिट/क्रेडिट कार्ड प्री–पेमेन्टमा १० प्रतिशत (अधिकतम रु. १ हजार) छुट पाउने छन् ।

यसबाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित अवधिको लागि १० प्रतिशत (अधिकतम १ हजार) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् । दराजले आफ्ना ग्राहकहरूलाई अभियानको क्रममा सबै विशेष बैंक छुट पाउन अनलाइन भुक्तानीका लागि आफ्ना बैंक कार्ड सक्रिय गर्न अनुरोध गरेको छ ।

त्यसैगरी, दराज नव वर्ष २०७९ अभियानमा प्रदर्शीत ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकले सामसुङ ग्यालेक्सी ए०३ कोर, रियलमी नार्जो ५० र वान प्लस १० प्रो ५जी जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् । यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, ई–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न पर्दछ र येदि नजितिएमा पूर्ण रकम फिर्ता हुने जनाएको छ ।

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा विशेष छुट
नव वर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेका छन् भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डमा ६० प्रतिशत सम्म छुटको मज्जा लिन सक्नेछन् । अभियानका लागि डायमण्ड पार्टनरहरु भने आमायरा फेशन हाउस, कन्भर्स नेपाल, रियलमी र वाउ रहेका छन् ।

प्लेटिनम पार्टनरमा बियर्डो, सिजि डिजिटल, इभो स्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेश छन् । गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र नेपाल समावेश छन्

अभियानका थप हाइलाइटहरू भने एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *