विवेकशील साझाबाट समीक्षा बाँस्कोटा बनिन् काठमाडाैँकाे मेयरकाे उम्मेदवार
२०७८ चैत २८ गते

काठमाडाैँ । विवेकशील साझा पार्टीले काठमाडाैँ महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्वार बनाउने भएको छ । साेमबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसम्पादन बैठकले उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय गरेकाे प्रवक्ता शरदराज पाठकले बताए ।
३८ वर्षीया बाँस्कोटा ०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडाैँ क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनेकी थिइन् भने उनी बागमती प्रदेशकी पूर्वसंयाेजकसमेत हुन् । उनले त्यसबेला ४ हजार ३ सय ४३ मत पाएकी थिइन्
बाँस्कोटा र ६२ वर्षीया तुलाधरले संयुक्त घोषणापत्र छिट्टै सार्वजनिक गर्ने विवेकशील साझा पार्टीले जनाएको छ ।
२०७८ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








