गठबन्धनसँग देश बनाउने कुनै भिजन छैन : एमाले महासचिव
२०७८ चैत २८ गते

काठमाडाैँ । एमालेका महासचिव शंकर पाेखरेलले गठबन्धन दलसँग देश बनाउने भिजन नभएकाे बताएका छन् । साेमबार बिहान आफ्नाे आधिकारिक फेसबूकमार्फत महासचिव पाेखरेलले भनेका छन्, ‘पाँचदलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ, न त कुनै गन्तव्य नै ।’
त्यसमा एमालेसँग दाँज्न नमिल्ने उनले औंल्याएका छन् । त्यसअघि उनले भनेका छन्, ‘एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्याे । तर मुद्दामामिलागरी परामादेशबट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला बसायो । तर पनि स्वर उनीहरूकै ठूलाे छ, गठबन्धन गरेर एमालेलाई हराउँछाैँ भन्छन् ।’
२०७८ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








