टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न

काठमाडौँ । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए ।

साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहेकी थिइन् । उनी महिला अधिकार र महिला हिंसाविरुद्ध हुने अभियान लगायत अन्य सामाजिक कार्यहरुमा सक्रिय रुपमा सहभागि हुँदै आएकी छन् । २०१३ मा क्यान्सरको सफल उपचारपछि उनले आफ्नो भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई क्यान्सर विरुद्ध लडिरहेका अन्य बिरामीहरुलाई हौसला दिन लागेकी छन् ।

टोस्ट मास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताको लागि एक जनालाई “कम्युनिकेटर अवार्रड” प्रदानगर्दै आएको छ । प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकि संस्थापक सुश्री सृष्टि के।सि।लाई यस वर्ष यो अवार्ड प्रदान गरिएको छ । १६ वर्षकै उमेरमा ग्लुकोमाको कारण आँखाको ज्योति गुमाए पनि उनले इन्टर्मेडियट र स्नातक तहमा गोल्डमेडल हाँसिल गर्न सफल भएकी थिइन् । उनको संघर्षमा आधारित बायोपिक “ब्लाइन्ड रक्स”सन् २०१८ मा विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो ।

नेपाल टोस्टमास्टरका कोअर्डिनेटर डिस्टिङ्गुइस्ड टोस्टमास्टर मुन प्रधानले सम्पूर्ण कार्यक्रमको संयोजन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *