एनआईसी एशियाका सीईओ न्यौपाने ‘म्यानेजर अफ द इयर’बाट सम्मानित

काठमाठौँ । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान)ले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘म्यानेजर अफ द इयर अवार्ड २०२२’ पुरस्कारसहित बाट सम्मान गरेको छ ।

राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सीईओ न्यौपानेले उक्त पुरस्कारबाट सम्मानित गरेकाेमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीप्रति कृतज्ञता जाहेर गरे ।

न्यौपानेले बैंकलाई ५ वर्ष नेतृत्व गर्दा उनको नेतृत्वमा बैंकको कुल कर्जा करिब रू.७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भईरू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।

बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्टबन्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *