बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट

काठमाडौँ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।

कम्पनीका अनुसार बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ ।

बुध्द एयर काठमाडौँबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दैै आएको छ । त्यसैगरी धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ ।

यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरु यो योजनाबाट लाभान्वित हुनेछन् ।

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *