महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिलाले मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तीकी अन्दाजी २८ वर्षीया दमन्ती धामी (दशरती)ले नदीमा हाम हालेकी हुन् ।

आइतबार बिहान १० बजेको समयमा रिङनतालको सिढीबाट महिलाले महाकाली नदीमा हाम फालेको स्थानीयले बताएका छन् । सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यस लगत्तै खोजीमा लागेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिव दुई किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट उनलाई मृत फेला पारेको हो ।

प्रहरीले भने मृतकको नाम, ठेगाना नखुलेको तथा अनुसन्धान भइरहेको बताएको छ । उनको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *