नेकपा एस कञ्चनपुरका उपाध्यक्ष कुँवर एमाले प्रवेश

धनगढी । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा (एमाले) मा फर्किएका छन् । उनलाई एमाले सचिव एव् प्रदेश इन्चार्ज लेखराज भट्टले आइतवार अत्तरियास्थित आफ्नै निवासमा पार्टीमा स्वागत गरे ।

कुँवर तत्कालीन नेकपामा हुँदा कार्यालय सचिव थिए । पार्टी फुटेपछि उनी समाजवादीमा लागेका थिए । उनी तत्कालीन महेन्द्रनगर नगरपालिकाका मेयर सूर्यबहादुर कुँवरका छोरा हुन् ।

पछिल्लो समय समाजवादीले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णानन्द भट्टलाई नियुक्त गर्दा उनले असन्तुष्टि जनाएका थिए । उनी पनि अध्यक्षका दाबेदार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *