थप १३ जना कोरोना संक्रमित, ४४ संक्रमणमुक्त

काठमाडाैँ । नेपालमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण शनिवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भएका छन् ।

हाल नेपालमा ६ सय ३७ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =