खर्चकै कारण चुनाव लड्न नसकिने स्थिति आयाे : नेता काेइराला
२०७८ चैत २६ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएकाे बताएका छन् ।
नेपाल विद्यार्थी संघ इलाम काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले निर्वाचन खर्च धान्न नसकिने अवस्थामा पुगेको बताएका हुन् ।
उनले नवलपरासीबाट तीनपटक निर्वाचन लड्दा खर्च अधिक भएको बताएका हुन् । ‘तीनपटक निर्वाचन लडेँ, पहिलोपटक ८० हजार खर्च भयो, दोस्रोपटक तीन करोड खर्च भयो,’ उनले भने, ‘तेस्रोपटक ६ करोड खर्च भयो ।’
उनले विद्यार्थीलाई राजनीतिभन्दा अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थी बन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा उनकाे जाेड थियाे ।
२०७८ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








