चुनावी तालमेल गर्न मोरङ कांग्रेसले पालिकाको म्याण्डेट कुर्ने

विराटनगर । नेपाली कांग्रेस मोरङ चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने बारेमा पालिकाको निर्णय कुर्ने भएको छ ।

पालिकाको म्याण्डेटका आधारमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय लिइने नेपाली कांग्रेस मोरङले जनाएको छ । नेपाली कांग्रेस मोरङको शुक्रवार बसेको बैठकले चुुनावी तालमेल गर्ने नगर्ने भन्ने बारेमा १७ वटा पालिकाबाट आउने म्याण्डेटको आधारमा निर्णय गर्ने भएको हो ।

प्रदेश निर्वाचन क्षेत्रीय सभापति सहित राष्टिय सभा क्षेत्रीय सभापतिसँगको बैठकपछि पालिकाबाट आउने म्याण्डेटलाई आधार बनाएर निर्वाचनमा जान सकिने निष्कर्षमा पुगेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

प्रदेश र संघीय निर्वाचन क्षेत्रीय सभापति सहित जिल्ला कार्यसमितिको बैठक शनिबार बोलाईएको उनले जानकारी दिए । बैठकले तल्लो तहबाट आएको सुझावको आधारमा चुुनावी तालमेल गर्ने नगर्ने भन्ने बारेमा निर्णय लिने सचिव घिमिरेको भनाई छ ।

तल्लो तहको आधिकारिक म्यान्डेट लिएर मात्र गठबन्धनका दलसँग तालमेलको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । नेपाली कांग्रेस चुनावी तालमेलमा नजाने संकेत पाएका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेश नेताहरूको विराटनगरमा छुट्टै बैठक बसेको थियो ।

कांग्रेसको शुक्रबार बसेको बैठकले संसदीय बोर्ड गठन गरेको छ । रमानन्द साह, रंजन थापा, सुशील कोइराला, सुशीला कार्की र मञ्जु श्रेष्ठ सदस्य रहने गरी बोर्ड गठन गरेको हो । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको नेतृत्वमा पच्चीस सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । बैठकले ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *