जबर्जस्ती ल्याइएकाे गणतन्त्र र धर्मनिरपेक्षताले मुलुक अप्ठेरोमा : लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जबर्जस्ती गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीले मुलुक अप्ठेरो अवस्थामा पुर्याएको आरोप लगाएका हुन् ।

उनले दलहरू कै कारण ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको र तीन करोड पनि जनसङ्ख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य भएको तर्क गरे ।

कांग्रेस, एमाले र माओवादी पूर्ण रूपमा असफल भएको भन्दै उनले अव को शक्ति राप्रपा भएको दाबी गरे । अरू असफल भए पनि राप्रपालाई असफल हुने छुट नरहेको उनले बताए ।

त्यस्तै, राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाइ छाड्ने दाबी गरे । उनले लुटतन्त्र मा पल्किएका अर्थतन्त्रका मालिकहरूले मुलुकलाई अप्ठेरो अवस्थामा पुराएको धारणा राखे ।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई राप्रपा प्रवेश गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =