देशकाे विकासका लागि गम्भीर भएर लागाैँ : मन्त्री कार्की
२०७८ चैत २५ गते

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल व्यवस्थापन सङ्घको आयोजनामा शुक्रवारबाट सुरु सिइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउँदै मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले आयातभन्दा पनि उत्पादन वृद्धि गरेर उचित वितरणमा लाग्नुपर्ने धारणा राखे । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
बैङ्क तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ ।
२०७८ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








