धनकुटा र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिका बिच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी भएको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

महालक्ष्मी नगरपालिका धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै, महालक्ष्मी नगरपालिका ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तरसम्बन्ध कायम गर्ने, एक आपसमा असल अभ्यास आदानप्रदान गर्ने लगायत विषय समझदारी पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी दुवै महालक्ष्मी नगरपालिकाका प्रमुखहरूले दुई पालिका बिचको भगिनी सम्बन्धले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतमा अन्तरसम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि लगायत पनि सहभागी थिए । सोही अवसरमा महालक्ष्मी नगरपालिका, ललितपुरको नगर गान पनि सार्वजनिक गरिएको छ । महालक्ष्मी नगरपालिकाको प्रयास र उपलब्धि पुस्तक विमोचन तथा महालक्ष्मी पत्रिका विमोचन पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *