सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन ९८ हजार ५०० र तेजाबी सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बिहीबार बढेको छ । यस दिन चाँदी १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =