दोलखाकाे पौराणिक हरिसिद्धि नाच सम्पन्न

काठमाडाैँ । दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ ।

ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो ।

वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस वर्षबाट दोलखामा यो नाच ल्याइएको संस्कृतिविद्को भनाइ छ ।

नाच अन्तर्गत विधिपूर्वक पूजा गरी देवगणहरूले राजकुलेश्वरस्थित तलेजु मन्दिर नजिकैको चक्र डबलीमा पौराणिक नाच प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *