भारतीय बजारमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाट विद्युत् बेच्न नेपाललाई अनुमति

काठमाडौँ । भारतले नेपालसँग भारतीय बजारको प्रतिस्पर्धी दरमा ३६४ मेगावाट विद्युत् किन्ने भएको छ ।

यसका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको ऊर्जा मन्त्री पम्फा भुसालले बताएकी छन् । ऊर्जा मन्त्रालयमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा ‘नेपाल–इन्डिया जोइन्ट भिजन स्टेटमेन्ट अन पावर सेक्टर कोअपरेशन’ अनुसार नेपाललाई बढी हुने विद्युत् भारतले किन्ने सहमति गरेको थियो ।

उक्त सहमति अनुसार त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले ३६४ मेगावाट विद्युत् किन्ने स्वीकृति गरेपछि सहमति कार्यान्वयनमा आएको मन्त्री भुसालले बताइन् ।

यसअघि नै दुई आयोजनाबाट ३९ मेगावाट विद्युत् भारतको ऊर्जा एक्सचेञ्ज बजारमा बिक्री गर्न अनुमति दिएको थियो । अहिले ३ सय २५ मेगावाटका लागि अनुमति दिएकाे हाे ।

नेपालले वर्षायाममा पठाउने विद्युत्ले ब्यापार घाटा कम गर्न र देशको अर्थतन्त्र नै उकास्न सहयोग पुग्ने उनले बताइन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *