नेप्से २३ अंकले घट्यो, २ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार परिसूचक नेप्से २३.३२ अंकले घटेर २४२८.७५ बिन्दुमा पुगेको छ । यस दिन कुल ४२ लाख ७९ हजार ४२ कित्ता सेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३ सय ८४ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन १ सय ५६ कम्पनीको सेयर मूल्य घट्दा ३३ कम्पनीको सेयर मूल्य बढेको छ ।

यस दिनको कारोबारमा नेस्डो लघुवित्त, सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटेल, युनाइटेड आईडीआई मार्दी लगायत कम्पनीको सेयर मूल्य बढेको छ । इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रो, नयाँ साथी लघुवित्त लगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

लगातार घटिरहेको बजारमा ‘पेनिक’ कारोबार बढेका कारण कारोबार कित्ता र रकम भने बढेको छ । यही अनुपातमा बजार घट्दै जाने हो भने बजार २ हजारसम्मको बिन्दुमा आउने अनुमान गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *