नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२२ मा ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले प्रकाशित गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२२ मार्फत यस्तो प्रक्षेपण गरेको हो ।

यो आर्थिक वर्षमा सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य राखेको छ । तर, एसियाली विकास बैंकले भने नेपालको लक्ष्यभन्दा ४ प्रतिशत विन्दु कमले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

एडिबीले सन् २०२१ मा २.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि चलाइएको खोप अभियानका कारण आर्थिक वृद्धिदर विस्तार सुधार हुँदै जाने एडीबीको प्रक्षेपण हो ।

नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले भनेका छन्– ‘रुस र युक्रेन युद्धका कारण विकसित देशहरुको आर्थिक बृद्धि सुस्त हुँदै जानु र विश्वभर ब्यापारमा अवरोध तथा तेल तथा अन्य सामाग्रीहरुको मूल्य बृद्धि हुनुले मुद्रा स्थितीलाई अझ बढाउन सक्ने र त्यसले नेपालको भुक्तानी सन्तुलन तथा बिदेशी मुद्रा संचितीमा समेत थप दबाब सिर्जना हुन भने सक्छ।’

बेमौसमी वर्षा, बाढी लगायतका कारण यो वर्ष धान उत्पादनमा ९ प्रतिशतले गिरावट आउने एडीबीको अनुमान छ ।
उद्योग क्षेत्रको वृद्धिदर ४.१ प्रतिशत रहने, थोक र खुद्रा व्यापार, यातायात तथा वित्तीय सेवा क्षेत्रमा ५.२ प्रतिशतको वृद्धि हुने, पर्यटन क्षेत्रको वृद्धि सुधार हुँदै जाने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुँदा ढुवानी लगाएत उत्पादन लागत बढ्ने भएकोले मूद्रा स्फितिसमेत बढ्ने जनाएको छ । सन् २०२२ मा औषत ६.५ प्रतिशतको मुद्रा स्फिति हुने अनुमान विश्व एडीबीको छ ।

उच्च आयत र न्युन निर्यातका कारण विदेशी विनिमय सञ्चितिमा समेत कमी आउने अनुमान एडीबीले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *