गठबन्धनभित्र चुनावी तालमेल गर्न सुनसरीमा कार्यदल बनाएर अघि बढ्ने निर्णय

विराटनगर । सत्ता गठबन्धनले चुनावी तालमेलकालागि सुनसरीमा कार्यदल बनाएर अघि बढ्ने निर्णय गरेको छ । जिल्लामा गठबन्धन सम्बद्ध दलहरूको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै आगामी स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने उद्देश्यको लागि वस्तुगत र यथार्थपरक अध्ययन गर्ने प्रयोजनको लागि कार्यदल बनाएर जाने निर्णय भएको छ ।

नेपाली कांग्रेस सुनसरी सचिव विरेन्द्र साह संयोजक रहेको कार्यदलमा नेकपा माओवादी केन्द्रको तर्फबाट मुक्साहाङ मेन्याइयो मुकेश, नेकपा (एकीकृत समाजवादी)का सुनसरी सचिव वसन्त सुवेदी, जनता समाजबादी पार्टी सुनसरीका सचिव प्रदिप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरीको तर्फबाट हरीलाल अधिकारी कार्यदलमा रहेका छन् ।

कार्यदलले स्थानीय तहको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गते सम्ममा प्रतिवेदन प्रस्तुत गर्ने निर्णय भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘पाँच दलीय केन्द्रीय गठबन्धनको नीति निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, जिल्ला समन्वय समिति, पालिका र वडा तह सम्म नै गठबन्धन गर्ने र सम्भव भएसम्म सबै बडामा सवै पार्टीको प्रतिनिधित्व गराउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय स्तरमा गठबन्धन निर्माण गर्ने कार्यमा कुनै समस्या उत्पन्न भए सौ को समाधान जिल्ला स्तरीय गठबन्धन संयन्वयवाट गरिनेछ ।’

गठबन्धनको सफल कार्यान्वयनको लागि जिल्ला, पालिका र वडा तह सम्म नै संयुक्त संयन्त्र निर्माण गर्ने र पाँच दलीय गठबन्धन बाहेकका दल सँग गठबन्धन नगर्ने पनि निर्णय गरेको छ । संयुक्त चुनावी प्रचारप्रसारलाई व्याकता दिन अभियान सञ्चालन गर्ने पनि गठबन्धनले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =