‘सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याइने’

कपिवलस्तु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्याइने बताएका छन् ।

कपिवलस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनवटै तहको चुनावसम्म कायम रहने बताए । आगामी स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे ।

कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले समेत आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *