मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता : मन्त्री कार्की

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

प्रेस युनियनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्चार मन्त्री कार्कीले एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने र यसका लागि सद्भावको बाटो समात्नुपर्ने बताएका हुन् ।

उनले फरक फरक भूमिकामा रहेकाहरूले पनि मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एकताबद्ध हुनुपर्ने धारणा राखे । १० वर्षमा धनी र सुन्दर शान्तिको देश बनाउनका लािग पनि अग्रसर हुनुपर्ने उहाको भनाई छ । उनले मुलुकलाई अघि बढाउन देखिने चूनौतीहरूलाई पनि समाधान गर्दै लैजानुपर्ने जिकिर गरे ।

उनले समृद्धिबिना समाजलाई गतिशीलता दिन नसक्ने भन्दै जनताको आकांक्षालाइ पुरा गर्न संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न सरकार प्रतिवद्ध रहको उल्लेख गरे । कार्यक्रममा फोनिज र सञ्चारीका समूहको नयाँ नेतृत्व लगाएतलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =