थप २४ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार २ सय ७८ पिसिआर परिक्षणका क्रममा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ५१ जना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =