नेप्से ४६ अंकले घट्यो, साढे २ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) ४६.४६ अंकले घटेर २४५२.०६ मा पुगेको छ ।

यस दिन २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रुपैयाँमा ५८ लाख ४१ ह्जार ९ सय ९८ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ सय ८३ कम्पनीका सेयर मूल्य घटेका छन् । १० कम्पनीका सेयर मूल्य बढेको छ ।

यस दिन राष्ट्र उत्थान लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त जस्ता कम्पनस्को सेयर मूल्य बढेको छ ।

यस दिन इमर्जिङ नेपाल, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड मार्दी हाइड्रो पावर, एनटीसीलगायत कमम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *