महँगोमा किनेको बिजुली उद्योगीलाई सस्तोमा दिन सकिँदैन : ऊर्जामन्त्री भुसाल
२०७८ चैत २१ गते

काठमाडौँ । जलस्रोत उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले महँगोमा भारतसँग किनेको बिजुली उद्योगीलाई सस्तो दरमा दिन नसकिने बताएकी छन् ।
उनले उद्योगीहरुले समेत महँगोमा किनेको विद्युत् अहिलेको दरमा दिँदा प्राधिकरणलाई हुने घाटाको केही प्रतिशत ब्यहोर्नु पर्ने बताइन् ।
‘कस्ट सेयर गर्न उद्योगीहरु मान्नु हुन्न,’ उनले भनिन्, ‘भारतबाट १८ रुपैयाँमा किनेको बिजुली अहिलेको मूल्यमा प्राधिकरणले उद्योगीलाई दिँदा प्राधिकरण डुब्ने अवस्था छ ।’
केही समयभित्रै प्राधिकरणले उद्योगीलाई समेत विद्युत् आपूर्ति नियमित गर्ने उनले बताइन् ।
२०७८ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित









