गाडी र चकलेट जस्ता वस्तु आयात रोक्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकले गाडीको आयात रोक्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर गाडीका लागि लेटर अफ क्रेडिट (एलसी) नखोल्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकसँग विदेशी मुद्राको सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयातका लागि समेत नधान्ने भएपछि राष्ट्र बैंकले बैंकका सीईओहरुलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।

छलफलमा राष्ट्र बैंको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुरमा ढकाल, अनुसन्धान विभागका डा. प्रकाश श्रेष्ठ, विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए ।

छलपलमा विदेशी विनिमय विभागका प्रमुख पौडेलले विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै चिन्ता जनाएका थिए । गाडीको आयात यही रुपमा बढाउने हो भने विदेशी मुद्राको सञ्चिति अझै घट्ने भन्दै केही समयका लागि गाडी, चकलेट जस्ता वस्तुको आयात रोक्न एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन थियो ।

चालू आर्थिक वर्षको ७ महिनामा झण्डै ७० अर्बको गाडी तथा पार्टपुर्जा आयात भएको छ ।

सुपरीवेक्षण विभाग प्रमुख ढकालले बैंकहरुको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी भएको भन्दै यसलाई चाँडो सीमाभित्रै ल्याउन आग्रह गरेका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *