जीवनकै अंग बन्यो सूचना प्रविधि, क्यानले बढाउँदै छ डिजिटल लिट्रेसी (भिडिओ)

पछिल्लो समय मानिसको जीवन सूचना प्रविधिमय भएको छ । चाहेर, नचाहेर, जानेर वा नजानेर हामीले सूचना प्रविधिलाई जीवनको अभिन्न अंग बनाइसकेका छौँ । अझ जीवन सूचनाप्रविधिमय बनाउने गरी अघि बढिरहेका छौँ । तर, हामीसँग सूचना प्रविधिका नयाँ नयाँ आविस्कार र उपकरणको ज्ञान र सीप कम छ । त्यसैले हामीले यसमा व्यापक ज्ञान सीप आर्जन गर्नुपर्ने छ । यी यस्तै सन्दर्भबारे क्यान महासंघका अध्यक्ष नवराज कुँवरसँग मकालु खबरका लागि पुष्प काेइरालाले गरेकाे कुराकानीकाे सार :

भिडिओ

३० वर्षदेखि क्यानले बुझाउँदै छ सूचना प्रविधि
नेपालमा सूचना प्रविधि नजान्ने पहिलो पुस्ता, सूचना प्रविधि प्रयाेगमा आफूला रुपान्तरण हुँदै गरेको दोस्रो पुस्ता र सूचना प्रविधिसँगै हुर्किरहेको तेस्रो पुस्ता छ । पहिलो पुस्तालाई सूचनाप्रविधिमैत्री बनाउन निकै मेहनत गर्नु पर्ने देखिन्छ । सचेतनामूलक साक्षरता कक्षाहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । तेस्रो पुस्तालाई भने सूचना प्रविधिबारे बुझाउन खासै धेरै मेहनत गर्नुपर्दैन । क्यान महासंघले यी नै विषयलाई बुझेर काम गरिरहेको छ ।

नेपालमा सूचना प्रविधिको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । निजी क्षेत्रले संगठित भएर यो क्षेत्रमा काम गर्न थालेको झण्डै ३० वर्ष हुन लागेको छ । अहिले निजी क्षेत्रको छाता संगठनको रुपमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ बनाएर काम गरिरहेको छ । सन् १९९२ मा जतिबेला कम्प्युटर एसाेसिएसन नेपालको जन्म भएको हो । सन् २०१५ बाट भने छाता संगठनको रुपमा क्यान महासंघको जन्म भएको हो । अहिले क्यानको शाखा सातै प्रदेश र देशका ७४ जिल्ला र काठमाडौँ उपत्यकामा शाखा रहेको छ । यी सबै ठाउँमा क्यान महासंघले सचेतनाका गतिविधि गरिरहेको छ । क्यानको सदस्य तीन प्रकारका छन् । सूचना प्रविधिमा स्नातक उत्तीर्ण गरेकाे वा कुनै संकायमा अध्ययन गरेको र सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको व्यक्ति, सूचना प्रविधि क्षेत्रका व्यवसायिक कम्पनी(संस्था), सूचना प्रविधिसँग सम्बन्धित संघ संगठन, जिल्ला शाखाहरु क्यान महासंघको शाखा र सदस्यताको रुपमा रहन सक्छन् । रहेका छन् ।

सूचना प्रविधि नेपालका लागि आयातित हो । कम्प्युटर हार्डवेयर उत्पादन गर्न नेपालमा कुनै उद्योग नेपालमा स्थापना हुन सकेको छैन । पछिल्लो दिनमा सफ्टवेयर प्रोग्रामिङ उद्योग स्थापना हुन थालेका छन् । कम्प्युटर तथा पार्टसहरु उत्पादन गर्ने उद्योग स्थापनाका लागि निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

डिजिटलाइजेशनमा सघाउँदै सूचना प्रविधि
हामीले एउटा वडाको सेवा लिन एक दिन हिँड्नु पर्ने अवस्था छ । आधुनिक स्वास्थ्य, शिक्षा, सेवा, कारोबार हरेक क्षेत्रका यी सबै क्षेत्रका काम कारवाहीलाई सूचना प्रविधिमैत्री बनाउनेतर्फ अघि बढ्नु पर्ने छ । यसमा केही हदसम्म काम भएको पनि छ । जस्तो कोभिडको समयमा धेरैजसो पठनपाठनको काम सूचना प्रविधिकै प्रयोग गरेर अनलाइन माध्यमबाट भएको थियो ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्क ल्याएर नेपाललाई डिजिटलाइजेशनमा सहयोग गर्ने जनाइरहेको पनि छ । ८ वटा क्षेत्र छुट्याएको छ । ती क्षेत्रका आवश्यकतालाई परिपूर्ति गर्न ८० वटा पहलहरु किटान गरेको छ । ती पहल हामीले लिने र पूरा गर्ने हो भने नेपाललाई डिजिटलाइज्ड गर्न सकिन्छ । नेपालमा सूचना प्रविधिबारे थाहा नपाएका, थाहा पाएर आफूलाई रुपान्तरण गर्दै आएको छ ।

नराम्रा पक्ष कम गर्दै प्रविधि अपनाउनु आवश्यक
हरेक कुराको विकाससँगै राम्रा नराम्रा दुवै कुरा आउँछन् । नराम्रा पक्ष छन् भनेर विकास नै नगर्ने भन्ने हुँदैन । त्यसो हुँदा नराम्रा कुरा राक्नेतर्फ सरकारको पहल हुनु आवश्यक छ । फेसबुक, ट्वीटर, मोबाइल, टिकटक जस्ता एप नै चलाउन नजान्दा पननि मानिसको जीवनमा धेरै समस्या निम्तिएका छन् । तर, राम्ररी वा जानेर सूचना प्रविधिको प्रयोग गर्ने हो भने यसले आधुनिक युगमा धेरै काम सजिलो बनाइदिएको छ । बैंक वित्तीय क्षेत्रले सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल कारोबार तथा डिजिटल बैंकिङतर्फ आकर्षित गराउनु आवश्यक छ ।

सरकारले इन्टरनेटलाई आम्दानीको स्रोत नबनाउने र इन्टरनेटमा लगाएको कर घटाउने हो र जनतालाई यसको पहुँच बढाएर शुल्क घटाउन सक्ने हो भने आम नागरिक पनि सूचना प्रविधि वा आम मानिसको जीवनमा सूचना प्रविधिले धेरै काम गर्न सकिने देखिन्छ । डिजिटल सेवा दिने भन्दा पनि सेवा लिने अभ्यस्त छैनन् । सेवा दिने कर्मचारी पनि अभ्यस्त छैनन् । त्यसो हुँदा अनलाइनबाटै सेवा दिन सुरु गर्ने र सूचना प्रविधि पनि जानेको कर्मचारी मात्रै सरकारी सेवामा आउने पाउने व्यवस्था गरियो भने त्यसले डिजिटाइजेशनमा सघाउँदै लान्छ ।

सूचना प्रविधि बुझ्न सघाउँदै क्यान इन्फोटेक
क्यान महासंघले काठमाडौँमा र देशका सातै प्रदेशमा ‘क्यान इन्फोटेक’ प्रदर्शनी सञ्चालन गर्दै आएको छ । यो प्रदर्शनीले पनि आम मासिनलाई सूचना प्रविधिबारे जान्न, सिक्न वा ज्ञान लिन सघाएको छ । विगतमा यसलाई मेलाको रुपमा आयोजना गरेर केही सामाग्री तथा सेवा बिक्री गर्ने काम पनि हुने गरेकोमा अहिले हामीले यो इन्फोटेक मेलालाई प्रदर्शनीकै रुपमा जान्ने, सिक्ने र सुसूचित हुने अवसरका रुपमा विकास गर्दै लगेका छौँ । आउँदो वैखाको पहिलो साता पनि हामीले इन्फोटेक आयोजना गर्ने तयारी गरिरहेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *