सिन्धुलीमा बन्दै गरेको पुल भत्कियो

काठमाडौँ । सिन्धुली माडीको ग्वाङखोलामा निर्माण भइरहेको पुल बाढीले भत्काएको छ ।

आइतबार राती भएको वर्षापछि आएको बाढीले उक्त पुलको संरचना भत्काएको हो । उक्त पुल २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको थियो । कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो ।

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको उक्त पुलको लागत ५ करोड ४१ लाख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *