थप ३३ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ४२ पिसिआर परीक्षणका क्रममा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण हालस्म्म ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७ सय १४ जना निको भएका छन् । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =