सेयर बजार १५ अंकले घट्यो, परिसूचक २५ सय बिन्दुबाट तल

काठमाडौँ । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार दोहारो अंकले घटेको छ ।

सोमबार सेयर बजार नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४९ बिन्दुमा आइपुगेको छ । साताको आइतबार पनि सेयर बजार ३० अंकले घटेको थियो ।

यस दिन कुल ३४ लाख २९ हजार ९ सय १७ कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ ह्जार ५ सय ६२ रुपैयाँमा कारोबार भएको छ । यस दिन ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४६ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त, नेस्डो समृद्ध लघुवित्त, इमर्जिङ नेपाललगायत कम्पीको सेयर मूल्य यस दिन बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *