ओलीकाे कटाक्ष- ‘प्रचण्ड कम्युनिष्ट हुन् भने म हुँदै हाेइन’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्ट नै नभएकाे बताएका छन् । प्राेगेसिभ ईञ्जिनियर्स एशाेसिएशनकाे कार्यक्रमलाई काठमाडाैँमा सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘मान्छेहरूले कम्युनिष्ट भन्नुसाथै प्रचण्ड सम्झिन्छन्, अनि कसरी हुन्छ ?,’ ओलीले भनेका छन्, ‘यदि प्रचण्ड कम्युनिष्ट हुन् भने म कम्युनिष्ट नै हाेइन, यदि म कम्युनिष्ट हुँ भने प्रचण्ड हाेइनन् ।’

त्यसअघि उनले प्रश्न गरे— ‘२ जना कसरी एउटै हुनसक्छ ? म बनाउँछु, उहाँ भत्काउनुहुन्छ । म शान्ति चाहन्छु, उहाँ युद्ध चाहनुहुन्छ । म राम्राे गर्नुपर्छ भन्छु, उहाँ राम्राे हुनु हुँदैन भनेर भन्छन् ।’ यस्तै उनले प्रचण्डलाई जंगलबाट समातेर ल्याएकाे टिप्पणी गरेका छन् । ‘समातेर ल्याएकाे हाे । तपाईंहरू पनि छक्कै पर्नुभयाे हाेला । अब त सुध्रियाे भनेर छाडेकाे; यसाे ढाेकातिर हेरेकाे त कता कता,’ ओलीले भनेका छन् ।

ओलीले छुट्टै प्रसङ्गमा अबकाे तीन वर्षभित्र नेपालले आफ्नै उपग्रह राख्ने दाबी गरे । आगामी चुनावपछि एमालेकाे नेतृत्वमा सरकार बनाउने र सरकारले त्यसकाे काम गर्ने उनकाे दाबी छ । ‘अबकाे तीन वर्षभित्र नेपालले आफ्नाे उपग्रह राख्छ,’ उनले भने ‘नेपालले सानै भएपनि आकाशमा पठाएकाे छ । कमसेकम नेपालले पहिलाेपटक पृथ्वीकाे अर्बीट छेडेर गएका छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =