तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा पदभार ग्रहण
२०७८ चैत २१ गते

काठमाडाैँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन् ।
साेमबार तरुण दलको केन्द्रीय कार्यालय रवीभवनमा दलतका केन्द्रीय अध्यक्ष गुरुङले पदभार ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका थिए ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ३ मा नेविसंघ र तरुण दलसहित १० भ्रातृ संस्था विघटन गर्दै सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई दिएको थियो । सभापति देउवाले चैत ९ गते गुरुङलाई अध्यक्ष मनोनित गरेका थिए ।
२०७८ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








