समयमा काम नगर्ने ६ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ । समयमै काम नगर्ने ६ वटा निर्माण व्यवसायी कम्पनीहरु कालो सूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको जनाएको छ। उनीहरुलाई १ देखि ३ वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालो सूचीमा पर्ने कम्पनीहरुमा टीबीईए इनर्जी इन्डिया प्रालि कन्सोर्टियम विथ पीपी इन्डष्ट्रिजलाई ३ वर्ष, चिराग कन्स्ट्रक्सन गोरखा, कर्णाली विल्डर्स जनकपुरधाम, फैजल एण्ड अफजल कन्स्ट्रक्सन कम्पनीलाई १/१ वर्ष कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कुशलदेव निर्माण सेवा रसुवा र दावा सोनाम लामा मुख्य व्यक्ति रहेको तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई १/१ वर्ष कालोसूचीमा राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *